२०८१ आश्विन ६ , आइतवार

समाजवादी मोर्चाको बैठक बस्दै

samajbadi (1)

सुनाखरी न्युज  / काठमाडौं –  चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज साँझ बस्ने भएको छ । साँझ ६ बजेका लागि बैठक बस्ने तय भएको नेकपा ( एकीकृत समाजवादी)  का प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिनुभयो ।

 

आजको बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको छ । बैठक नेकपा ( एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको हो ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनपछि मोर्चाको बैठक सरेको थियो । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रहेका छन । रासस