२०८१ पुष २६ , शुक्रवार

१० खेलाडीमा सीमित लिभरपुलको उत्कृष्ट पुनरागमन जीत

football 4

सुनाखरी न्युज  / काठमाडौं –   इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले पहिलो जित निकालेको छ । प्रिमियर लिगको सिजनको आफ्नो पहिलो खेलमा चेल्सीसँग अङ्क बाँडेको लिभरपुलले आज भने एएफसी बर्नमाउथलाई ३–१ गोल अन्तरले पराजित गर्दै तालिकामा स्पष्ट ३ अङ्क थप्न सफल भयो ।

 

एन्टोनी सेमेयेनोले खेलको तेस्रो मिनेटमा नै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, २७ औँ मिनेटमा लुइस डियाजले डिओगो जोटाको पासमा गोल गर्दै खल बराबरी गरे । ३६ औँ मिनेटमा मोहमद शालाहले पेनाल्टीको रिबाउन्डमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

 

यो सिजन ३।५ करोड पाउन्डमा ब्राइटनबाट अनुबन्ध भएका म्याक एलिस्टरले ५८ औँ मिनेटमा रातो कार्ड पाएपछि लिभरपुल दोस्रो हाफमा १० खेलाडीमा सीमित बनेको थियो । तर, जोटाले ६२ औँ मिनेटमा तेस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।लिभरपुल १० खेलाडीमा भने झरेको थियो । १ गोलले पछि परेको लिभरपुलले उत्कृष्ट पुनरागमन गरेको हो ।

 

तेस्रो मिनेटमै पाहुना टोली बर्नमाउथले अग्रता लिएको थियो । एन्टोइन सेमेन्योले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए ।तर, २७ औँ मिनेटमा लुइस डियाजले बराबरी गोल गरेका थिए ।

 

३६ औँ मिनेटमा मोहम्मद सलाहले पाएको पेनाल्टी बर्नमाउथका किपरले सेभ गरे पनि रिबाउन्ड बलमा सलाहले नै गोल गरेका थिए । पहिलो हाफमा २–१ को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा १ गोल थपेको थियो भने एक खेलाडी गुमाउन पुग्यो ।