सुनाखरी न्युज/ काठमाडौं । प्रहरीले २ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ घर भएका सुदिप शेर्पा र भोटेकोशी–१ घर भएका खुर्साङ्बु शेर्पा छन् ।
मोटरसाइकल चढेर रसुवाको स्याफ्रुबेसी टिमुरेबाट कठमाडौँतर्फ आउँदै गरेका सुदिप शेर्पाले चेस्टगार्डमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको रसुवाका डीएसपी सुवास बुढाथोकीले रातोपाटीलाई बताए । स्याफ्रुबेसी चेकपोष्टमा प्रहरीले चेकजाँच गर्दा सुन भेटिएको थियो ।
सुदिप शेर्पाले सो सुन आफुलाई खुर्साङ्बुले दिएको बताएका थिए । सुपिदको बयानको आधारमा खुर्साङ्बुलाई पक्राउ गरिएको डिएसपी बुढाथोकीले बताए । सुन र आरोपीतहरुलाई प्रहरीले राजस्व अनुसन्धान विभाग, हरिहरभवनमा पठाएको छ ।