२०८१ आश्विन ७ , सोमवार

विद्यालय नाटक महोत्सव भदौ २७ देखि

school

सुनाखरी न्युज/ काठमाडौं ।
पोखरामा यही भदौ २७ गतेदेखि विद्यालय नाटक महोत्सव हुने भएको छ । सो महोत्सव आगामी असोज १२ गतेसम्म चल्ने पोखरा थिएटरका अध्यक्ष एवं महोत्सव संयोजक परिवर्तनले जानकारी दिनुुभयो ।

‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने नाराका साथ हुन लागेको महोत्सवको लोगो पनि सार्वजनिक गरिएको छ ।

पाँचौँ संस्करणको उक्त महोत्सवमा कूल १५ वटा नाटक मञ्चन हुने र त्यसअन्तर्गत पोखरा महानगरपालिकाभित्रका विद्यालयका १४ नाटक रहने उहाँले जानकारी दिनुुभयो । अतिथि नाटकका रुपमा काठमाडौँबाट थप एक नाटक मञ्चन हुने जनाइएको छ ।

गन्धर्व नाटकघरमा महोत्सव अवधिभर हरेक दिन एक÷एक वटाका दरले नाटक मञ्चन गरिनेछन् । पोखरा थिएटरले २०७६ मा पोखरा महानगरपालिकास्तरीय विद्यालय नाटक महोत्सव गरेकामा त्यसपछि गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव आयोजना गरिएको थियो । लगातार तीन वर्षसम्म प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव आयोजना गरेको उक्त थिएटरले यसपटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गर्न लागेको हो । थिएटरमा भइरहेका गतिविधिका कारण पछिल्लो समयमा थिएटरप्रति विद्यार्थीको आकर्षणसमेत बढ्न थालेको अध्यक्ष परिवर्तनले बताउनुुभयो ।
रासस