२०८१ आश्विन ६ , आइतवार

प्रहरी सङ्गठनलाई प्रभावकारी बनाउन श्रीमती सङ्घको महत्वपूर्ण भूमिका रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

naran kaji shrestha

सुनाखरी न्युज/ काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सङ्गठनलाई प्रभावकारी बनाउन श्रीमती सङ्घको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाल प्रहरी श्रीमती सङ्घको ३९औँ वार्षिकोत्सवका अवसरमा उहाँले प्रहरी सङ्गठनलाई अझ प्रभावकारी बनाई प्रहरी अधिकृत तथा जवानको मनोबल उच्च राख्न सङ्घको समेत सक्रिय भूमिका रहेको बताउनुभएको हो । समाज सेवाका विभिन्न क्रियाकलापमा नेपाल प्रहरी श्रीमती सङ्घले पु¥याएको योगदानको प्रशंसनीय रहेको उहाँको भनाइ थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले विभिन्न क्षेत्रमा समाज सेवामा भूमिका निर्वाह गर्ने सबै संस्थालाई एकीकृत गर्दै आपसी सहयोगका साथै ज्ञान, सीपको प्रयोग गरेर समृद्ध समाज निर्माण गर्ने नीति तय गर्दै सकारात्मक कदम चाल्नेतर्फ छलफल भइरहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले राष्ट्रसेवकको सहचरीका रूपमा सहधर्मिणीहरूको एकताको प्रतीक र सङ्गमस्थलको रूपमा सङघले थप ऊर्जाशील भएर सेवाका नवीन क्षेत्रको पहिचान गरी आफ्नो दायरा अझ फराकिलो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले सङ्घले सामाजिक क्षेत्रमा पु¥याएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा सङ्घले प्रवाह गर्ने सेवालाई अझ फराकिलो बनाउँदै समाजलाई सुदृढ रूपमा अगाडि बढाउन क्रियाशील भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले आगामी दिनमा पनि यस्तै मानवीय सहयोग र सेवाको सङ्घ लाग्ने बताउनुभयो ।

सोही अवसरमा गृहमन्त्री श्रेष्ठले तिलगङ्गा आँखा अस्पतालका संस्थापक डा सन्दुक रुइतलगायतलाई विभिन्न विधामा योगदान पु¥याउनेलाई सम्मान गर्नुभएको थियो । साथै उहाँले श्रीमती सङ्घद्वारा प्रकाशित वार्षिक स्मारिका ‘सहचरी–२०८०’ को विमोचन गर्नुभएको थियो ।
रासस