२०८१ आश्विन ७ , सोमवार

‘मिस नेवाः नेपाल’ को उपाधि जितिन सकिना महर्जनले

thumb (1)

सुनाखरी न्युज/ काठमाडौं ।
नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनले जितेकी छिन् ।  नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले हात पारेकी हुन् ।

१७ युवतीबीच भएको १७ आौ संस्करणको मिस नेवाः नेपालअन्तर्गत, फर्स्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेन्ड रनरअपको उपाधि मिनाशा महर्जनले जिते । नेप्लिज फेसन होमको आयोजनामा नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को कार्यक्रम भएको थियो ।