२०८१ मंसिर १२ , बुधवार

सुरक्षा कारवाहीमा चार जना आतङ्कवादी मारिए

सुनाखरी न्युज/ काठमाडौं । दक्षिणी वजिरिस्तान जिल्लामा सुरक्षाफौजले गरेको पछिल्लो कारवाहीमा चार जना आतङ्कवादी मारिएका छन् ।

 

वजिरिस्तानको अस्मान मञ्जामा मङ्गलबार आतङ्कवादीसँग भएको दोहोरो झडपमा छ जना सैनिक जवान शहीद भएका सेनाको सञ्चार विभागले आज जनाएको हो । कारबाहीमा दुई जना आतङ्कवादी पनि घाइते भएका छन् । झडप भएको स्थानबाट आतङ्कवादीलाई निमिट्यान्न पार्न विशेष कारवाही जारी रहेको जनाइएको छ । साथै सेनाले देशबाटै आतङ्कवादलाई निर्मल गर्न आफू प्रतिबद्ध रहेको बताएको छ ।

 

यसैबीच, पूर्वप्रधानमन्त्री एवं पाकिस्तान मुस्लिम लिग एनका अध्यक्ष शेहवाज शरिफले सुरक्षाफौजको प्रशंसा गर्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले देशको राष्ट्रिय सेनालाई आफ्नो दलको पूर्ण समर्थन रहेको उल्लेख गर्दै आतङ्कवादलाई परास्त गर्न पाकिस्तानी सैनिकलाई सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँले शहादत प्राप्त गरेको सैनिक जवानप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । रासस