२०८१ आश्विन ६ , आइतवार

खुल्यो एक महिनादेखि अवरुद्ध संसद्

सुनाखरी न्युज/ काठमाडौं ।
गत साउन १० देखि अवरुद्ध हुँदै आएको संसद् बुधबारबाट सञ्चालन भएको छ । सुनकाण्डको छानबिनको माग गर्दै अवरुद्ध हुँदै आएको संसद् छानबिनका लागि आयोग गठन गर्ने दलहरुबीच सहमति भएपछि बैठक चलेको हो ।

एमालेले छानबिन आयोग बनाउने माग गरेर सदन अवरोध गर्दै आएको थियो ।

प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रतिनिधिसभालाई सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय आयोज बनाउने दलीय सहमतिको जानकारी गराएका थिए ।