२०८१ आश्विन ६ , आइतवार

कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो

Capture – 2023-08-23T171217.908

सुनाखरी न्युज/ काठमाडौं ।
सङ्घीय संसद् प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । आज दलहरूबीच भएको सहमतिबारे उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने र विशेष समयमा दलीय आधारमा प्रतिनिधिसभा सदस्यहरूले बोल्ने सहमति आजको बैठकले गरेको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले करिब एक महिनादेखि अवरुद्ध संसद् खुलाउन दलहरूबीच भएको सहमतिप्रति खुसी व्यक्त गर्नुभयो ।

सदन खोल्न आफूले पटक–पटक प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गरेको र प्रमुख सचेतकहरू तथा कार्यव्यवस्था परामर्श समितिमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

संसदीय व्यवस्थामा दलहरूको भूमिका नै प्रमुख हुने र दलहरूले नै संसद्को गरिमा बढाउने गरी काम गर्नुपर्ने सभामुख घिमिरेको भनाइ छ ।
रासस