२०८१ आश्विन ६ , आइतवार

जसपाले नयाँ विधानअनुरुप विभाग गठन गर्ने

jasapa

सुनाखरी न्युज/ काठमाडौं ।
जनता समाजवादी पार्टी, (जसपा) नेपालले नयाँ विधानअनुरुप आफ्ना विभाग तथा सङ्गठनहरु गठन तथा पुनर्गठन गर्ने भएको छ । यही भदौ मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरु गठन र पुनर्गठन गरिने भएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

उहाँले जिल्ला÷विशेष जिल्ला समन्वय समितिलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रुपान्तरण वा पुनर्गठन गर्नुपर्ने भनी आन्तरिक परिपत्र जारी गरिएको छ र सोहीबमोजिम पार्टीले सङगठनको अभिलेख अद्यावधिक गर्न लागेको जानकारी दिनुभयो ।

पार्टीले आगामी कात्तिक मसान्तभित्र नामावली सहितको साङ्गठनिक विवरण पठाउन पार्टी सङ्गठन र समितिलाई निर्देशन दिएको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ । सदस्यता अद्यावधिक गर्दा तोकिएको सदस्यता शुल्क बुझाएको हुनुपर्नेगरी निर्देशन जारी गरिएको पनि प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो ।
रासस