२०८१ आश्विन ७ , सोमवार

तीज गीत ‘ जोवन ढलढल ‘ सार्वजनिक

daldal geet

सुनाखरी न्युज /  काठमाडौँ  – हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा यसै क्रममा गायक सन्दीप न्यौपाने र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘जोवन ढलढल’ सार्वजनिक भएको छ ।‘जोवन ढलढल’ले तीजको समयमा नाच्ने माहोल बन्ने न्यौपानेले बताए ।

नयाँ नेपाली तीज गीतमा नेत्र अर्यालको शब्द, श्रीधर अधिकारीको संगीत, केशव बडुको एरेन्ज तथा कुमार रानाको मिक्सिङ र मास्टरिङ छ । जेरी भण्डारीको कोरियोग्रफी तथा निर्देशन रहेको भिडियोमा सन्दीप न्यौपाने, उषा उप्रेती, सुस्मिता कोइराला र शिबु खनाल फिचर्ड छन् । डान्सिङ नम्बरको गीतमा कलाकारहरु निकै झुमेका छन् ।

 

गीतको भिडियो गायक न्यौपानेको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो । गायक सन्दीपको यसअघि ‘लालुमै’, ‘सान्नानी’, ‘दिलमाया’ लगायतका गीत चलेका गीतमा पर्छन् । गायक न्यौपानेले केही समय अघि नयाँ गीत ‘पान पाते ओठ’ सार्वजनिक गरेका थिए ।