२०८१ आश्विन ७ , सोमवार

‘मुन्द्रेको गाईजात्रा’ ल्याउने जितुको तयारी

jitu 456

सुनाखरी न्युज  / काठमाडौं –  हास्य कलाकार अहिल्यैदेखि गाईजात्राको तयारीमा कस्सिएका छन् । ‘रुस्लान कमेडी यात्रा’ भदौ १४ गते गाईजात्राको दिनदेखि प्रारम्भ हुनेछ भने ‘जितुको हास्य व्यंग्य गाईजात्रा–२०८०’ भदौ ७ देखि २० भदौसम्म उनकै यूट्युब च्यानलबाट हरेक दुई दिनमा आधा घण्टाको कार्यक्रमको रुपमा आउने छ । उक्त प्रस्तुतिको ट्रेलर यूट्युबमार्फत सार्वजनिक भैसकेको छ ।

 

यसपटक कलाकार नेपालले डिजिटल प्लेटफर्ममार्फत गाईजात्रे प्रस्तुति दर्शकमाझ ल्याउँदैछन् । संग–संगै उनले अन्य हास्य कलाकारहरुसंगको सहकार्यमा स्टेज प्रस्तुति समेत दिनेछन् ।‘मुन्द्रेको गाईजात्रा’लाई घरमै बसेर दर्शकले निःशुल्क हेर्न पाउने उनले जानकारी दिएका छन् ।

 

 

एक सातासम्म गाईजात्रा प्रस्तुति दिने जितुको तयारी छ । उनले यो गाईजात्रामा जोडिन दर्शक र विदेशस्थित नेपालीलाई आग्रह गर्दै कला, संस्कृति र परम्परालाई जोगाउने उद्देश्य रहेको उल्लेख गरेका छन् ।