सुनाखरी न्युज/ काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइने सूचीमा परेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा पाँचौँ नम्बरमा सन्दीपको मुद्दा परेको थियो ।
तर, चौथो नम्बरको मुद्दा सुनुवाइको क्रम जारी रहँदा नै सन्दीपको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको हो ।