२०८१ मंसिर १० , सोमवार

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

sandeep lamichane

सुनाखरी न्युज/ काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइने सूचीमा परेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा पाँचौँ नम्बरमा सन्दीपको मुद्दा  परेको थियो ।

तर, चौथो नम्बरको मुद्दा सुनुवाइको क्रम जारी रहँदा नै सन्दीपको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको हो ।