सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नागरिक लगानी कोष शाखामा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको अध्यक्षमा अच्युतम् पौडेल, उपाध्यक्षमा शान्ता ढुङ्गाना, महासचिवमा सूर्यप्रसाद दाहाल, उपमहासचिवमा अनिल बस्नेत र कोषाध्यक्ष्मा बिमलेश यादव चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा प्रदीप अधिकारी, सल्यान केसी, निशा खतिवडा, रविन विक र प्रकाश गौतम रहनुभएको छ ।
महिला संयोजकमा मिनाक्षी पन्त र युवा संयोजकमा नरेन्द्र सुनार चयन हुनुभएको छ । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सह–महामन्त्री तथा सांसद बद्री पाण्डे र नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले गर्नुभएको थियो ।
रासस