२०८१ मंसिर १० , सोमवार

मुद्दाको पेसी सरेपछि एसिया कप खेल्न सन्दीप भोलि पाकिस्तान जाने

sandeep lamichane

सुनाखरी न्युज/ काठमाडौं ।

एसिया कप खेल्न  नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने भोलि सोमबार पाकिस्तान जाने भएका छन् । जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१ गतेलाई सरेको छ ।

 

पेशी सरेपछि सन्दीप भोलि नै एसिया कपका लागि पाकिस्तान उड्ने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले  जानकारी दिएका हुन् । ‘उहाँ भोलि बिहान नै पाकिस्तान जाने भन्ने कुरा भएको छ । टिकटको कुरा क्यानबाट कनफर्म हुन बाँकी छ,’ उनले भने ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि सन्दीप संभवत भोलि पाकिस्तान जाने बताए । नेपालको बाँकी टिम भने भदौ ५ गते नै पाकिस्तान गइसकेको छ । र नेपालले त्यहाँ अभ्यास गरिरहेको छ । नेपालले एसिया कपमा समूह चरणमा पाकिस्तान र भारतसँग खेल्नेछ ।

नेपालले एसिया कपको पहिलो खेल पकिस्तानसँग अगष्ट ३०९भदौ १३० मा मुल्तानमा खेल्नेछ । नेपालले भारतसँगको खेल भने सेप्टेम्बर ४ ९भदौ १८० मा श्रीलंकामा खेल्नेछ ।