२०८१ आश्विन ७ , सोमवार

देवीस्थान भजन समुहको आरती भजन सार्वजनिक

371270298_326806119784508_167569

गोविन्द तिमिल्सिना / हेमजा । देवीस्थान भजन समुहको प्रस्तुतिमा बनेको आरती भजन सार्वजनिक भएको छ । भरत चन्द्र गौतम र रामचन्द्र दाहालको शब्द रहेको भजनमा देवीस्थान भजन समुहको संगीत रहेको छ ।

तारानाथ आचार्यले एरेन्ज गरिएको भजनमा सुरेश रमन अधिकारी, भरत चन्द्र गौतम, सोस्तिका तिमिल्सिना र इन्दिरा जि.सि को स्वर रहेको छ । डिजिटल स्टार युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोको अनिस खड्काले इडिट गर्नुभएको छ ।

हेमजामा अबस्थित बिष्णु पादूका माइको चिनारी तथा संस्कृति जोगाउन भजन तयार गरिएको हो । भजन मार्फत मन्दिरको बिश्वब्यापी प्रचारप्रसार हुने भजन लेखक भरत चन्द्र गौतमले बताउनुभएको छ।