२०८१ आश्विन ७ , सोमवार

‘गदर २’ बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म

gadar 2

 

सुनाखरी न्युज  / काठमाडौं –  ‘गदर २’ ले थिएटरमा लगातार मनग्य कमाइ गरिरहेको छ । फिल्मले शनिबार भारतमा १३।७५ करोड भारु कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन ४३९।९५ करोड भारु पुगेको छ । हिन्दी फिल्मका धेरै ठूला कीर्तिमान तोडिए पनि सनी देओलको फिल्म अझै सुस्त हुने मुडमा छैन ।

 

यो शुक्रबार आयुष्मान खुरानाको नयाँ रिलिज ‘ड्रीम गर्ल २’ ले ‘गदर २’ को अगाडि केही कठिनाइहरू ल्यायो र शुक्रबार बक्स अफिसको दौडमा फिल्मको सबैभन्दा कम कलेक्सन भएको दिन थियो। ‘गदर २’ सामु अब ‘बाहुबली २’ ९हिन्दी संस्करण० र शाहरुख खानको ‘पठान’को कलेक्सनलाई उछिन्नुपर्ने चुनौती छ । ‘पठान’ले ५४३ करोड भारु कमाएको थियो भने ‘बाहुबली २’ को हिन्दी संस्करणले ५१० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो ।

 

शुक्रबार ७ करोडभन्दा बढी कमाएको ‘गदर २’ले शनिबार ठूलो उछाल ल्याएको छ । फिल्मको कलेक्शनमा झण्डै ७० प्रतिशत जम्प आएको छ । ट्रेड रिपोर्टको प्रारम्भिक अनुमान अनुसार ‘गदर २’ ले १६ औं दिन बक्स अफिसमा १२ देखि १३ करोड भारु कलेक्सन गरेको छ । योसँगै सन्नीको फिल्मको नेट इन्डिया कलेक्सन १६ दिनमा ४३८ करोडभन्दा बढी पुगेको छ । यो धमाकेदार कलेक्शनसँगै फिल्मले फेरि एकपटक ठूलो रेकर्ड बनाएको छ ।पठान र गदर २ ले मात्रै करिब एक हजार करोड कलेक्सन गरे ।

 

आयुष्मान खुरानाको ‘ड्रीम गर्ल २’ ले पनि बक्स अफिसमा राम्रो कमाइ गरेको छ । शाहरुखको फिल्म ‘जवान’ अर्को महिना रिलिज हुँदैछ । प्रतिक्रिया राम्रो भएमा फिल्मले सहजै ३०० करोडसम्म कलेक्सन गर्न सक्छ । ‘गदर २’ ले विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ । फिल्मले विश्वभर ५७२।२० करोड भारुभन्दा बढी कमाइ गरेको छ । फिल्मले अष्ट्रेलिया, जर्मनी, अमेरिका, बेलायतलगायत देशमा राम्रो व्यापार गरिरहेको छ ।