२०८१ मंसिर १३ , बिहिवार

कामना सेवाविकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Capture – 2023-08-28T140110.001

सुनाखरी न्युज/ काठमाडौं । वित्तीय साक्षरता आभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्याउने उद्देश्यले कामना सेवाविकास बैंकले समाजका हरेक वर्ग र क्षेत्रमा वित्तीय साक्षरता सञ्चालन गदै आएकोमा मिति २०८० सालभाद्र ९ गते शाखाकार्यालय भोटाहिटी मार्फत अमःभिसापुचः को सहकार्यमा कमलादी गणेशथान कुमारी पुजामा सहभागी हुन आएका स–साना बालबालिकाहरु बीच वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बालबालिकाहरुको सुनिश्चितर उज्ज्वलभविष्यको निर्माणको लागि सानै देखि बचतको महत्वर बचत गर्ने बानिबसाल्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बैंककाकर्मचारीहरुले नानीबाबुहरुलाई दक्षिणा, खाताखोल्ने फर्म ,वित्तीय परिचालन सम्बन्धि जानकारी झोला लगाएत सामग्री वितरण गर्नुभएको थियो ।

यो कार्यक्रमले आर्थिक सुरक्षा,वित्तीयव्यवस्थापन,बचत र खर्चको सन्तुलन,डिजिटल ज्ञान आदिबारेमाबालबालिकाले जानकारी लिन सक्नेविश्वासबैंकले लिएको छ ।