२०८१ आश्विन ७ , सोमवार

नेपालको ओस्कर कमिटीले माग्यो चलचित्र

Capture – 2023-08-29T140601.212

सुनाखरी न्युज/ काठमाडौं ।
एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (ओस्कर अवार्ड) को ९६औंँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि नेपालस्थित कमिटीले आह्वान गरेको छ ।

सन् २०२४ मा अमेरिकास्थित लस एन्जल्समा हुने भनिएको ओस्कार अवार्डका लागि नेपालस्थित कमिटीमा भदौ २९ सम्म दर्ता भइसक्नुपर्ने सचिव चिरञ्जीवी गुरागाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्राप्त चलचित्रलाई हेरेपछि एउटा छनोट गरी असोज १ गतेसम्म ओस्करमा पठाउँछौँ । कमिटीले तयार गरेको मापदण्डमा नेपालको मौलिकता झल्किने चलचित्रलाई सिफारिस गर्ने गरिएको छ ।”

मापदण्ड अनुसार तोकिएको मितिभित्र प्रदर्शन भएको हुनुपर्ने, केन्द्रीय चलचित्र जाँचसमितिबाट पास भएको हुनुपर्ने, चलचित्र भवनमा कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्ने वा मान्यताप्राप्त ओटीटीमा प्रदर्शन भएको हुनुपर्ने छ । कमिटीले जारी गरेको व्यक्तव्यमा २०२२ डिसेम्बर १ देखि २०२३ अक्टोबर ३१ सम्म प्रदर्शन भएका चलचित्रले प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् ।
रासस