सुनाखरी न्युज/ काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र हिमालय दृष्य रिसोर्ट धुलिखेल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेद्घारा हस्ताक्षरित उक्त सम्झौतालागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले समेत सो विशेष छुटको लाभलिन सक्नेछन् । सो समारोहमा बैंककाबजार तथा संस्थागतनिक्षेप विभागप्रमुख पुष्प राजउ प्रती, बजार विभागकी कर्मचारी एलिनाकार्की तथा रिसोर्टका बजार विभागकाकर्मचारी सौजन्य के.सीको समेत उपस्थिति रहेको थियो ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमाहालसम्मकरिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर,७ प्रादेशिक कार्यालय, १६२ ATM सहित विश्वव्यापी नेटवर्क बाट अत्याधुनिक मोबाइल र इन्टरनेटर SMS बैंकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्र बाट समेत सेवा दिदै आइरहेको छ ।