सुनाखरी न्युज/ काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ भोलि शुक्रबार (भदौ १५ गते) बाँडफाँड गरिने भएको छ।
सन नेपाल लाइफको आईपीओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ८ बजे राखिएको छ। कम्पनीले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
अन्तिम दिनसम्म १५ लाख ७७ हजार ७४४ आवेदकबाट कुल १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि खरिद आवेदन परेको हो। यो हिसाबले कम्पनीको आईपीओ २.३२ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी ७ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।