२०८१ आश्विन ६ , आइतवार

नक्साका बारेमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल हुन्छ : प्रवक्ता सापकोटा

Capture – 2023-09-01T161652.374

सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा उक्त विषयमा छलफल हुने बताउनुभयो ।

“चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । कूटीतिक पहलकदमी बढाउनुपर्छ”, प्रवक्ता सापकोटाले भन्नुभयो, “प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा कुराकानी हुन्छ ।” नक्सा जस्तो महत्वपूर्ण विषयलाई किन समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने उहाँको भनाइ थियो ।
रासस