२०८१ पुष २७ , शनिवार

भुटानलाई हराउँदै नेपालको लगातार तेस्रो जित

khel

सुनाखरी न्युज  / काठमाडौं ।

नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा आइतबार भुटानलाई ३ विकेटले पराजित गरेको छ। मलेसियामा जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा आइतबार नेपालले बहराइनलाई तीन विकेटले पराजित गर्‍यो । लगातार तेस्रो जित निकालेको नेपालले मलेसियामा भएको खेलमा भुटानले दिएको ४० रनको लक्ष्य भेट्टाउन १३।२ ओभर लगाउदा ७ विकेट गुमाएको थियो।  नेपालका लागि कप्तान रुबिना क्षेत्रीले नटआउट १२ रन जोड्दा अरु ब्याटरले खुलेर ब्याटिङ गर्न सकेनन्। रुबिना बाहेक नेपालका लागि अरु ब्याटर दोहोरो अंकमा रन बनाउनबाट चुके।

 

यसअघि बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले हराएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा शुक्रवार बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।आइतबारको खेलमा हारी पहिलो ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ३९ रनमात्र बनाउन सक्यो । भुटानका लगि कप्तान डेचेन वाङ्मोले २१ रन जोडिन् भने अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। बलिङमा नेपालकी पूजा महतोले ३ विकेट लिइन्। उनले ३ ओभरमा १ मेडन राख्दा ६ रन खर्चिइन्। कविता कुवारले ४ ओभरमा १ मेडन राख्दा ७ रन दिइन भने १ विकेट लिइन्। यस्तै रुबिनाले ४ ओभरमा २ मेडन राखिन् भने ६ रन खर्चिएर १ रन दिइन्। खुसी डंगोलले १ विकेट हात पारिन्।

 

अब नेपालले समूहको चौथो खेलमा कतारसँग भोलि खेल्नेछ। आजको जितले नेपालको सेमिफाइनल सम्भावना बलियो भएको छ।यसअघि नेपालले बहराइनलाई १० विकेट र मलेसियालाई ५ विकेटले हराएको थियो। मलेसियामा जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्। दुबै समूहको शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले टीट्वान्टी महिला विश्वकपका लागि विश्वस्तरीय छनोट प्रतियोगिता खेल्न पाउने छन् । टीट्वान्टी महिला विश्वकप सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदैछ ।