२०८१ आश्विन ७ , सोमवार

अभिनेत्री निरूता सिंह वैवाहिक सम्बन्धमा बाँधिइन्

wedding

 

 

सुनाखरी न्युज /  काठमाडौँ  ।

अभिनेत्री निरूता सिंह वैवाहिक जीवनमा बाँधिएकी छिन ।हाल मुम्बईमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन । उनका समकक्षी अभिनेत्रीको छोराछोरी कलेज पढ्ने उमेरका हुँदै गर्दा अभिनेत्री निरुताले यति बेला विवाह गरेकी हुन् ।

 

पछिल्लो समय नेपाली चलचित्रमा अभिनयसँगै अभिनेत्री निरुताले मुम्बईमा बसेर इन्टेरियर डिजाइनसम्बन्धी कार्य गर्दै आएकी थिइन् । यसै क्रममा मुम्बई निवासी व्यवसायी सन्जिभ गुलाटीसँग उनले विवाह गरेकी हुन् ।कुनै समय नेपाली फिल्ममा जबर्जस्त उपस्थिति जनाएकी निरुताले करिब एक दशकपछि फिल्म ‘नाईं नभन्नू ल ५’बाट अभिनयमा पुनरागमन गरेकी थिइन् ।

 

मुख्य भूमिकामा भने उनको कमब्याक फिल्म ‘दाल भात तरकारी’ थियो । अब उनले मुस्कान ढकालको निर्देशनमा बन्न लागेको फिल्म ‘पञ्चामृत’मा काम गर्ने चर्चा छ । बसोबास मुम्बईमा भए पनि उनी नेपाल बाक्लै आउजाउ गर्छिन् । सन् १९९३ मा तुलसी घिमिरे निर्देशित फिल्म ‘दक्षिणा’बाट निरुताको अभिनय करिअर सुरु भएको थियो ।

 

‘दर्पण छायाँ’ले उनलाई नयाँ परिचय दियो । कुनै समय उनको नामले नै फिल्म चल्छ भन्ने विश्वास मेकरमा हुने गरेको थियो । उनले ‘मन मन्दिर’, बन्दकी’, ‘खानदान’, ‘आफन्त’, ‘आमाको आर्शिवाद’, ‘दुनियाँ’, ‘लहना’, ‘नाता रगतको’ लगायत डेढ सय बढी फिल्ममा अभिनय गरेकी छन् ।