२०८१ पुष २५ , बिहिवार

मकवानपुर सुनचाँदी ब्यवसायी संघको नवौं साधारण सभा सम्पन्न

mk

सुनाखरी न्युज/ काठमाडौं ।

मकवानपुर सुनचाँदी ब्यवसायी संघको नवौं वार्षिक साधारण सभा २०८० भदौ १६ गते हेटौंडा स्थित पल्पसा प्याराडाइजमा सम्पन्न भएको छ । साधारण सभा मकवानपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष पवन कुमार शाक्यको सभापतित्वमा सम्पन्न भएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य प्रमूख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । त्यसक्रममा अध्यक्ष शाक्यले सुनचाँदी ब्यवसायका विविध पक्ष माथि प्रकाश पार्नु भएको थियो ।

साधारण सभामा महासंघका विशिष्ट सदस्य मणिरत्न शाक्य, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, विभिन्न्न जिल्लाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।