सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा अनधिकृत रूपमा बनाइएका ४ वटा टहरामा डोजर चलाएको छ । महानगरले अनुमतिविना बनाइएका टहरमाथि डोजर चलाइएको महानगरका नगर प्रहरी निरीक्षक ईश्वर वाग्लेले जानकारी दिए ।
यसअघि पटक–पटक उक्त टहरा हटाउन सूचना गरेपनि अटेर गरेपछि डोजर चलाउन बाध्य भएको उनले बताए ।
‘भृकुटी मण्डपमा शौचालयका लागि मात्रै अनुमति भएको ठाउँमा अन्य टहराहरु निर्माण गरेर व्यापार गरेपछि डोजर चलाएर भत्काएका हौं,’ वाग्लेले भने ।