२०८१ पुष २८ , आइतवार

ग्लोबल आइएमई बैंक र भि जिइम्पेक्स (जिडब्लुएम नेपाल) बीच समझदारी पत्रमा हस्ताक्षर

Capture

सुनाखरी न्युज/ काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भि जिइम्पेक्स प्रा.लि. (जिडब्लुएम नेपाल) बीच ग्राहक वर्ग लाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाहगर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी अनुसार बैंकले, भि जिइम्पेक्स प्रा.लि.तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभि, पावर ब्राण्डका पिक अप तथा ओआरए ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्य दिन भित्र बैंकले नियमानुसार उचित ठह¥याएका ग्राहक लाई सहज रुपमा सवारी साधनकर्जा प्रवाह गर्नेछ । उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भि जिइम्पेक्स प्रा.लि.का उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गर्नुभएको छ ।

आफ्ना ग्राहक वर्गको सुविधा लाई मध्यनजर गरी बैंकले बिभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरु लाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५०शाखा, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।