साझ पर्ने बित्तिकै
कानमा भुनुनु गर्ने
डसी डसी सबलाई
हैरान पार्ने
उडी उडि यो मन
दिक्क पार्ने
लामखुट्टे त
लामखुट्टे!!
सुन्दै तलाई दिक्क लाग्ने
पडकाउछु यि हात
सुत्त भाग्ने
त लामखुट्टे
लामखुट्टे!!
निद्रा बिथोल्ने
रातमा जगाउने
झुलभित्र पनी
कहाँबाट पस्ने
अध्यारोमा त झन
ताण्डब नै देखाउने
त लामखुट्टे
लामखुट्टे!!
गोलभेडा र प्याजको
भाउ बिर्सिएर
खाएको थिए
रगत बढला भनेर
यो छोपडी
तलाई प्यारो लाग्यो
मेरै रगत
तलाई मिठो भयो
त लामखुट्टे
लामखुट्टे!!
डेग्गुको आगमन
त्यैबाट आयो
मृत्युको छाया
मुटुमै समायो
गरीबको जीबन
रमिता बनायो
त लामखुट्टे
लामखुट्टे!!
औषधी र मुलो
जीबन बनायो
ॠणको भारी
डोको बोकायो
रोगिको पदबि
नमिठो दिलायो
जीबन यो आज
घर न घाटको बनायो!!
लामखुट्टे त
लामखुट्टे!!
शालिकराम घले/ बकैया -09 मकवानपुर