२०८१ मंसिर १३ , बिहिवार

अस्ट्रेलियासँग मिलेर काम गर्ने चिनियाँ चाहना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
चीनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति अस्ट्रेलियासँग मिलेर काम गर्ने बताएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलनका क्रममा आज आयोजित पूर्वी एसिया सहयोगसम्बन्धी बैठकअघि चिनियाँ चाहना सार्वजनिक भएको हो ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले बिहीबार अस्ट्रेलियाका आफ्ना लसमकक्षी एन्थोनी अल्बानीजसँगको भेटवार्तामा एशिया–प्रशान्त क्षेत्र चीन र अष्ट्रेलियाको साझा स्थल भएको उल्लेख गर्दै आफ्नो देशले अष्ट्रेलियासँग मिलेर काम गर्न चाहेको बताउनुभयो । उहाँले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति क्यानबेरासँग सहकार्य गर्न बेइजिङ तत्पर रहेको बताउनुभयो ।
रासस