सुनाखरी न्युज/ काठमाडौं ।
नेपालले आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाइल्यान्डसँग टस जितेर फिल्डिङ गर्ने भएको छ ।
नेपालकी कप्तान रुबिना क्षेत्रीले कलालाम्पुरमा रहेको यूकेएम वाइएसडी बाङ्गीमा टस जितेर पहिला फिल्डिङ रोज्दै थाइल्यान्डलाई ब्याटिङको निम्तो दिएकी हुन् ।
आजको खेल जितेमा नेपालले फाइनल पुग्दै पहिलो पटक ग्लोबल क्वालिफायर्सका लागि छनोट हुनेछ ।
नेपालको प्लेइङ ११ मा रुविना क्षेत्री ९कप्तान०, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पुजा महतो, बिन्दु रावल, काजोल श्रेष्ठ, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल छन् ।