सुनाखरी न्युज/ काठमाडौं ।
अदालतले सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।
न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो ।
बहसका क्रममा सन्दीपका वकिलहरुले त्यही माग गरेका थिए ।