२०८१ मंसिर १० , सोमवार

महिला क्रिकेट टिम मलेसियामा अलपत्र

cricket

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र परेको छ ।

स्वदेश फर्कन लागेको नेपाली महिला टिमको टिकटमा समस्या भएका कारण एयरपोर्टमा अलपत्र परेको छ । मलेसियाको समय अनुसार बेलुकी ६ बजेको हिमालय एयरलाइन्सको टिकट रहे पनि नेपाली टिम होटलको चेक आउट टाइमै निस्किएर छिट्टै विमानस्थल पुगेका थिए ।

तर उडान समय प्राविधिक कारणले भन्दै हिमालय एयरलाइन्सले राति ३ बजेका लागि सारेको छ । जसका कारण विमानस्थलमा पुगेका महिला क्रिकेटरहरुले १२–१३ घण्टा त्यही बिताउनु पर्ने भएको छ ।

१२–१३ घण्टा विमानस्थलमा अलपत्र अवस्थामा रहने स्थिति आएपछि दुख लागेको एक क्रिकेटरले मलेसियाबाट बताइन् । नेपाल क्रिकेट संघ क्यानले भने प्राविधिक गडबढीका कारण यो समस्या भएको बताएको छ । खेलाडीलाई विमानस्थलमा नै बस्न र खानाको व्यवस्था मिलाएको उनले बताए ।