२०८१ मंसिर १६ , आइतवार

महिला होस् या पुरुष यी ४ काम सकेपछि नुहाउनु आवश्यक

bath

सुनाखरी न्युज/ काठमाडौ।
प्रायजसो मानिसहरु  बिहान उठेपछिफ्रेस हुनका लागि नुहाउने गर्छन् । तर चाणक्यले भने केही यस्ता अवस्थाहरु बताएका छन् कि त्यसपछि नुहाउनु जरुरी हुन्छ ।

उनका अनुसार स्त्री होस् या पुरुष स्वास्थ्यका लागि त नुहाउनै पर्छ । चाणक्य नीतिका अनुसार यी चार काम सकेपछि नुहाउनुपर्छ ।

तेल मालिस गरेपछि नुहाउनुपर्छ

चाणक्यले बताएअनुसार स्वस्थ शरीर र चमकदार छालाका लागि हप्तामा कम्तीमा एकपटक पुरा शरीरमा तेल मालिश गर्नुपर्छ । तेल मालिशपछि शरीरमा भएका रोम छिद्रहरु खुल्छन् र भित्रका विकार पदार्थहरु बाहिर निस्कन्छन् । यसकारण तेल मालिश गरेको केही समयपछि नै नुहाउनुपर्छ । तेल मालिशपश्चात ननुहाई बाहिर जानु अशुभ मानिन्छ

शवयात्राबाट फर्केपछि नुहाउनुपर्छ

चाणक्य नीतिका अनुसार मलामी गएर फर्केपछि पनि नुहाउनुपर्छ । किनकी घाट वरिपरी भएका किटाणुहरुले हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । यदि ननुहाई बसेमा कपडा वा शरीरका अन्य भागमा किटाणुहरु हुनसक्छन्, जसले हाम्रो शरीरलाई असर गर्नसक्छ ।

यौनसम्पर्क गरेपछि नुहाउनुपर्छ

स्त्री होस् या पुरुष यौनसम्पर्क गरेपछि नुहाउनु जरुरी मानिन्छ । किनकी उक्त समयमा महिला तथा पुरुष दुवै अपवित्र हुन्छन्। चाणक्य नीतिका अनुसार यदि कोही यौनसम्पर्कपछि पनि नुहाउँदैन भने ऊ कुनैपनि धार्मिक कामका लागि योग्य हुन सक्दैन।

कपाल काटेपछि नुहाउनुपर्छ

चाणक्य नीतिका अनुसार कपाल काटेपछि नुहाउनुपर्छ। कपाल काटेपछि पुरै शरीरभरि कपालका स९साना टुक्राहरु झरेका हुन्छन् । त्यसकारण कपाल काटेपछि नुहाउनु जरुरी मानिन्छ।

एजेन्सी