सुनाखरी न्युज/ काठमाडौं । नेपालकै सबैभन्दा ठूलो पेन्ट तथा डेकोर कम्पनी एशियन पेन्ट्स नेपालले गठ्ठाघर, काठमाडौंमा रहेको अपूर्व इन्टरनेशनल प्रा.लि.मा आफ्नो Multi Catergory डेकोर शोरुम‘ब्युटिफुल होम्स बुटिक’संचालनमा ल्याएको छ ।
‘एशियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ग्राहकहरु लाई अत्याधुनिक प्राविधिकीय एकीकरणका साथ उृत्कृष्ट किनमेलको अनुभव प्रदान गर्न तयार रहेको छ, जुनप्रविधिले ग्राहकहरुलाई उनीहरुको सपनाको घर निर्माण गर्न डिजाइन, परामर्श र कार्यान्वयनको बारेमा विस्तृत अनुभवप्रदान गर्नेछ । यो स्टोरको उद्घाटन एशियन पेन्ट्स लि.का प्रबन्ध निर्देशक तथासिइओ अमित सिंगलले गर्नु भएको थियो ।
१६०० वर्ग फिटमा फैलिएको यो नवीन‘एशियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’नेपाली ग्राहकहरुका लागि आवश्यक पर्ने सम्पूर्ण डेकोरहरु एकै ठाऊँमा उपलब्ध भएको शोरुम हो । यो शोरुममा फेब्रिक्स र वालपेपरहरुदेखि सर्वश्रेष्ठ इन्जिनियरिंङ्गका बाथरुम फिटिङहरु र स्यानिटरी सामग्रीहरु, नवीनतम पेन्ट र वाटर प्रुफिङ उत्पादनहरु, एवं अग्रगामी प्रविधिहरुको व्यवस्थापन छ जस बाट ग्राहकहरुले यी प्रोडक्टहरुको अनुभवलिन सक्नुहुन्छ ।
उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै श्री अमित सिंगलले भन्नु भयो “नेपालतीव्र गतिमा बढ्दो बजार हो, जहाँ ग्राहकहरुले लक्जरी होम डेकोर उत्पादनहरु, विधिहरु र प्रोत्साहन खोजी रहेका छन् र ग्राहकहरुको यो बढ्दो चाहनालाई सम्बोधन गर्न हामीले ग्राहकहरुको भावना र तिनको घरहरु संगको गहिरो सम्बन्ध लाई सम्मानगर्दै एउटै छाना मुनी सबै प्रकारका होम डेकोर सामानहरु उपलब्ध गराउने चेष्टा गरेका छौं ।”
रासस