सुनाखरी न्युज/ काठमाडौं ।
सिटिन्जस बैंकले गत आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
बैंकले हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२ रुपैयाँ ९६ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंकको भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
गत वर्ष भने बैंकले ९ प्रतिशत नगद लाभांश दिएको थियो। गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।