२०८१ मंसिर १२ , बुधवार

सानिमा बैंकका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था

Capture

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंकले आफ्नाग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल माध्यम बाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।सानिमा बैंकका ग्राहकहरुले ओपिडी÷आइपिडी तथा बेड सम्बन्धी शुल्कहरुमा १३ प्रतिशत, औषधीको शुल्कहरुमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नु हुनेछन् ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथाअफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहनगर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/products/cards/discount-outlet मा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

 

 

रासस