२०८१ मंसिर १२ , बुधवार

एनएमबि बैंकको डिजी स्टेशन सञ्चालनमा

Capture

सुनाखरी न्युज/ काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक डिजिस्टेशनू को सुरुवात गरेको छ।

डिजिस्टेशनू ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्टजेनरेट सबै एकैठाउँ बाट स्वचालित प्रणालीमा मानविय सहायता बिना गर्न सकिने छ। डिजिस्टेशन को सुरुवातले ग्राहकहरु लाई बैंकले प्रदान गर्ने बैंकिङ सेवा,सुविधामा बृद्धि हुने विश्वास बैंकले लिएको छ।

एनएम बिबैंक आफ्ना ग्राहकहरूको परिवर्तनशील बैंकिङ आवश्यकताहरू पूरा गर्न निरन्तर रूपमा लागि रहेको छ । आधुनिक प्रविधिक बैंकिङ सुविधाहरू विकास गर्दै उत्कृष्ट सेवा प्रदान गर्न समर्पित छ। बैंकले प्रथम चरणको डिजिस्टेशनको शुरुवात एनएमबि भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरि संचालन गरिएको छ। क्यास डिपोजिट मेसिनमा ग्राहकले रू १ लाख भन्दा कम रकम बैंकको काउन्टर नपुगी आफै खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोहि मेसिन बाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ।साथै, चेक डिपोजिट मेसिनमा ग्राहकवर्गले चेक स्टप देखिनया चेकको आवेदन र क्लियारिंग चेक समेत डिपोजिट गर्ने सुविधा रेहको छ।