२०८१ आश्विन ७ , सोमवार

आयोग उपाध्यक्षसँग यूएनडिआरआर एशिया प्रमुखको शिष्टाचार भेटवार्ता

Capture

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय योजना आयोगका मा. उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालय, एशिया प्यासिफिक क्षेत्रीय प्रतिनिधि (United Nations office for Disater Risk Reduction, Regional office for asia pacific) मार्को टोस्कानो रिभाल्टाले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग क्षेत्रीय प्रतिनिधि मार्कोले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा विपद् जोखिम न्युनिकरण गर्न अपनाउनु पर्ने संरचनात्मक तथा विधिगत उपायका विषयमा छलफल भएको थियो । उपाध्यक्ष श्रेष्ठले विपद् जोखिम न्युनिकरणमा निकै अघि बढेको बताउनु भयो ।

भेटमा संयुक्त राष्ट्र संघको नेपाल स्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीको समेत उपस्थिति थियो ।