२०८१ पुष २८ , आइतवार

पूर्वप्रधानमन्त्री सरिफद्वारा सरकारको आलोचना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
प्रवासमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले पाकिस्तान सरकार आलोचना गर्नुभएको छ ।

स्वदेश फर्कनुअघि लाहोरमा एकत्र भएका पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै पाकिस्तान मुस्लिम लिगका प्रमुख उहाँले देशको वर्तमान आर्थिक स्थिति नाजुक हुनु सत्तामा रहेका नेताका कारण भएको बताउनुभयो ।

“छिमेकी देश भारत चन्द्रमामा पुगिसक्यो र उसले आर्थिक रुपमा सबल देशका नेताहरूको साझा मञ्च जी ट्वेन्टी शिखर बैठक आयोजना गरिसक्यो हामी भने राज्य सञ्चालनका निम्ति रकम नभएर यो देश र त्यो देशसँग सहायता माग्न हिँडिरहेका छौँ । पाकिस्तानका गरिबलाई रोजीरोटी जुटाउन धौ–धौ परेको छ, हाम्रा प्रधानमन्त्री पैसा माग्दै एउटा देशबाट अर्कोमा गइरहनुभएको छ,” हामीले पाकिस्तानका नेताहरूले देश र जनताका निम्ति केही नगरेकामा रोष प्रकट गर्दै नेता सरिफले भन्नुभयो ।

पाकिस्तानले एक अर्ब डलरका लागि चीन वा खाडी देशहरूसँग हात फैलाउनुपर्ने लज्जाजनक परिस्थिति सामना गर्नुपरेकामा आक्रोशित हुँदै पूर्वप्रधानमन्त्री सरिफले देशलाई अहिलेको आर्थिक स्थितिमा पु¥याउने सबै ‘अपराधी’ हुन् भन्नुभयो । सन् १९९० मा आफूले प्रारम्भ गरेको आर्थिक सुधारका नीतिलाई भारतले समेत कार्यान्वयन गरेको बताउँदै ‘अटलविहारी बाजपेयी प्रधानमन्त्री हुँदा भारत सरकारसँग एक अर्ब डलरमात्र थियो तर अहिले भारतसँग छ खर्ब डलर राज्य कोषमा छ, हामी भने एक अर्ब डलर ऋण कसैले दिन्छ भन्दै हिँडिरहेका छौँ, हामी भारतलेजस्तै किन प्रगति गर्न सक्दैनौ रु उहाँले प्रश्न गर्नुभयो ।

हाल पाकिस्तान जटिल आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । विदेशी नियोगमा कार्यरत कर्मचारीलाई समयमै तलबभत्ता निकासा गर्न इस्लामावादलाई हम्मेहम्मे परेको छ । पाकिस्तानको इतिहासमा आजसम्म नभएको मुद्रास्फीतिलाई पनि इस्लामावादले झेलिरहेको छ ।

बेलायतमा निर्वासित जीवन बिताइरहनुभएका पूर्वप्रधानमन्त्री सरिफ आगामी कात्तिक ४ गते स्वदेश फर्कने उहाँका भाइ एवं पूर्वप्रधानमन्त्री शेहवाज सरिफले बताउनुभएको छ ।
रासस