२०८१ पुष २७ , शनिवार

प्रथम हिमालयन खुल्ला तेक्वान्दो च्याम्पियनसिपमा लक्ष्मण र सन्दीपा सर्वोत्कृष्ट निर्णायक

Capture

सुनाखरी न्युज/ काठमाडौं । संयुक्त राज्य अमेरिकाको ह्यारिसवर्ग, पेन्सिल्भेनिया राज्यमा १६ सेप्टेम्वर २०२३ मा संचालन भएको “प्रथम हिमालयन खुल्ला तेक्वान्दो प्रतियोगिता”मा नेपाल प्रहरीका पूर्व प्रशिक्षक एवं खेलाडी लक्ष्मण वहादुर ऐर पूरुष तर्फको सर्वोत्कृष्ट निर्णायक र सन्दिपा अमागाई महिला तर्फको सर्वोत्कृष्ट निर्णायकको ट्रफी हात पार्न सफल भएका छन् ।

No description available.
उक्त प्रतियोगितामा विभिन्न सात वटा राज्यका १९ वटा स्कूलहरुका ४२८ जना खेलाडीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताको संचालनका लागि ७ जना अन्तर्राष्ट्रिय निर्णायकहरु समेत गरी जम्मा ३२ जना निर्णायकहरुले ६ वटा कोर्टमा संचालन गरेका थिए । ६ वटा कोर्ट मध्ये लक्ष्मण आफैले एउटा कोर्टको नेतृत्व समेत गरेका थिए । कुकिवन एक्सपो देखि दर्जनौं प्रतियोगिताहरुमा निर्णायकको भूमिका निभाउदै आई रहनु भएका ऐर मेरिल्याण्डमा रहेको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो एकेडेमीका मास्टर प्रशिक्षक समेत हुन ।

No description available.

अर्का निर्णायक सन्दीपा अध्यनको शिलसिलामा जापानमा रहेर हाल संयुक्त राज्य अमेरिकामा वस्दै आउनु भएको छ । अष्ट्रेलियामा जुलाई २०२३ मा सम्पन्न भएको ओसियाना च्याम्पियनसिपमा समेत सहभागिता जनाउनुको साथै साथै दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेलाडी तथा निर्णायकको भूमिका निर्वाह गर्दै आई रहनु भएको छ ।

No description available.