२०८१ मंसिर ९ , आइतवार

स्पेशल प्रि ओपन सेसनमा भयो सन नेपाल लाइफको पहिलो कारोबार

Capture

सुनाखरी न्युज/ काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा सन नेपाल लाइफ इन्स्योरेन्स (SNLI) को पहिलो कारोबार भएको छ।

इन्स्योरेन्सको शेयर यस दिन प्रतिकित्ता ४७५ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो। इन्स्योरेन्सको शेयर असोज २ गते, नेप्सेमा सूचीकृत भएको थियो। सो दिन नेप्सेमा इन्स्योरेन्सको ३ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको थियो।

 

पहिलो कारोबारका लागि इन्स्योरेन्सलाई नेप्सेले १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन इन्स्योरेन्सको पहिलो कारोबार भएको हो। इन्स्योरेन्सको स्टक टिकर एसएनएलआई रहेको छ।