२०८१ पुष १४ , आइतवार

सत्ताइस वर्षअघिको अपराधमा आज मृत्युदण्ड

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।
सत्ताइस वर्षअघि एक जना नृत्य छात्रालाई मारेको अभियोगमा दोषी ठहर भएका ४४ वर्षीय एन्थोनी साञ्चेजलाई बिहीबार बिहान मृत्युदण्ड दिइदै छ ।

वर्षौसम्म हत्याबारेमा स्पष्ट जानकारी नभएपछि अपराध भएको स्थानबाट सुरक्षा निकायले डिएनए सङ्कलन एवं परीक्षण गरेर एन्थोनीमाथि हत्या अभियोगमा मुद्दा चलाएको थियो । ओक्लाहोमा कारागारमा रहेका उनलाई आज बिहान दश बजे तीन वटा घातक सुइ लगाएर प्राणदण्ड दिइनेछ ।

एन्थोनीले सम्भावित आममाफीको विकल्पलाई त्यागेर मृत्युलाई स्वीकार गरेका छन् । राज्यको आममाफी तथा मुक्ति परिषद्मा आवेदन गर्न अस्वीकार गरेर उनले जीवनप्रतिको वितृष्णा प्रस्तुत गरेका उनका धेरै आफन्तले बताएका छन् ।
रासस