सुनाखरी न्युज/ काठमाडौं । एनआईसी एशिया बैंकले २६औं वार्षिक साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको छ । सभा काठमाडौंको भद्रकालीको आर्मी अफिसर्स क्लब बिहान ९ बजेबाट सुरु हुने जनाएको छ ।
बैंक सञ्चालक समितिको शुक्रवार बसेको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो । सभाले २९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १६ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । यसको आधारमा असोज १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।