२०८१ मंसिर १२ , बुधवार

सिटिजन्स बैंकको वार्षिक साधारण सभा आश्विन २६ गते

Capture

सुनाखरी न्युज/ काठमाडौं । आज बसेको सञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार सिटिजन्स बैंकको सत्रौँ वार्षिक साधारण सभा २०८० सालआश्विनमहिना२६गते, शुक्रबार (तद्अनुसार अक्टोबर १३, २०२३) का दिनबिहान ११:०० बजे अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाण्डौमा बस्ने भएको छ ।

बैंकका वित्तीय विवरणहरु माथि छलफल लगायत सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ५.७९ प्रतिशतका दरले हुन आउने रु. ८२,२१,६१,६५२.९६ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने जस्ता विषयहरु साधारण सभाका प्रस्तावहरु रहेका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु बाट १६ लाख ४८ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

 

आफ्नो ग्राहकवर्गहरु लाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट क्रेडिट प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।