सुनाखरी न्युज/ काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ७ गते अन्तिम दिन रहेको छ ।
बैंकले साधारणसभा प्रयोजनको लागि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असोज ७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । बैंकले असोज १८ गते पोखराको होटेल ग्राण्ड पोखरामा सभा आह्वान गरेको छ।
साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले शेयरधनीहरुलाई गत आ.व.को मुनाफबाट रु. १,३६,४२,०१,६९२ (चुक्तापूँजीको १३.३० प्रतिशत) बोनस शेयर र रु. ७,१८,००,०८९(चुक्तापूँजीको ०.७० प्रतिशत) नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा कर सहित १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ ।
रासस