२०८१ पुष २५ , बिहिवार

पाटन दरबार सङ्ग्रहालय निःशुल्क अवलोकन गर्न पाइने

Capture

सुनाखरी न्युज/ काठमाडौं । विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क नलिने भएको छ ।

आगामी सोमबारदेखि विश्व पर्यटन दिवस मनाउन तयारी गरिरहेको पाटन दरबार सङ्ग्रहालयले आज विश्व पर्यटन दिवसको अवरमा आन्तरिक तथा बाह्य पर्यटकलाई निःशुल्क सङ्ग्रहालय अवलोकन गर्ने अवसर दिएको हो । हाल पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्नका लागि आन्तरिक पर्यटकले रु ३० र बाह्य पर्यटकले रु एक हजार शुल्क तिर्ने गरेका छन् ।

पाटन दरबार सङ्ग्रहालयले राखेको तथ्याङ्क अनुसार दैनिक दुई सय ५० भन्दामाथि आन्तरिक पर्यटकले सङ्ग्राहालय अवलोकन गर्छन् भने दुई सयजना बाह्य पर्यटकले अवलोकन गर्दै आएका छन् ।

उहाँले भन्नुभयो, “मङ्गलबारदेखि पाटन दरबार क्षेत्रमा नेवारी समुदायको ऐतिहासिक हस्तकला सामग्री प्रदर्शन गरिएको छ ।” विश्व पर्यटन दिवसको अवसरमा पाटन दरबार क्षेत्र अवलोकन गर्न आएका बाह्य पर्यटकलाई निःशुल्क प्रवेश गराएर मायाको चिनोसमेत प्रदान गर्ने कार्यक्रम रहेको विश्व पर्यटन दिवसका संयोजक डिलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो । रासस