२०८१ मंसिर १५ , शनिवार

आईक्यापिटल स्थापनाको १० वर्ष पूरा, यस अवसरमा १० जना दृष्टिविहीन विद्यार्थीहरु लाई छात्रवृत्ति प्रदान

Capture

सुनाखरी न्युज/ काठमाडौं । आईक्यापिटल प्रालिले स्थापनाको १०औंवर्ष पूरा गरेको छ । आईक्यापिटल व्यक्तिगत लगानीबाट संस्थागत लगानीमा रुपान्तरण हुने र पूर्णरुपमा ‘भ्याल्यू इन्भेष्टिङ’को सिद्धान्तमा प्रतिबद्ध हुने उद्देश्य सहित सन् २०१३ मा स्थापना भएको हो ।

यो कम्पनीको लगानी भेन्चर, रियल इस्टेट र सेयर बजार गरी ३ मुख्य सम्पति वर्गहरुमा केन्द्रित रहेको छ । स्थापनायता १० वर्षको अवधिमा आईक्यापिटलले २४ वटा कम्पनीमा लगानी गरेको छ । हालयसको व्यवस्थापनमा २ अर्ब २५ करोड रुपैयाँको सम्पति रहेको छ भने १० वर्षको कम्पाउण्ड वार्षिक वृद्धिदर (सीएजीआर) १६% रहेको छ । विगतवर्षहरुमा जस्तै आईक्यापिटलले आफ्नो १०औं वार्षिकोत्सव परोपकारी काम गरेर मनाएको छ ।

 

स्थापनाको १०वर्ष पूरा भएको अवसरमा कम्पनीले आईक्यापिटल फाउण्डेस मार्फत त्रिनेत्र फाण्डेसनका १० जना दृष्टिविहीन विद्यार्थीहरु लाई १ वर्षको छात्रवृत्ति प्रदान गरेको छ । सन् २००९ मा स्थापना भएको त्रिनेत्र फाउन्डेसनले दृष्टिविहीन, अनाथ र शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुका लागि छात्रावास र आर्थिक अभाव भोगिरहेका बालबालिकाहरुका लागि पठनपाठनमा सहयोग प्रदान गर्दै आएको छ ।

 

 

रासस