सुनाखरी न्युज/ काठमाडौं । एसियाप्यासिफिकमोटर स्पोर्टस् च्याम्पियनसिपमा नेपालका चार खेलाडीले सहभागीताजनाउने भएकाछन् । आगामीशनिबार र आईतबार मलेसियाको सेपाङ्गइन्टरनेशनल रेसिङ्ग सर्किटमाहुने एसियाली स्तरको सबैभन्दाठुलो मोटर स्पोर्ट्सको प्रतियोगितामा नेपालबाट चार खेलाडीले सहभागीताजनाउनआजै मलेसियापुगेका छन् ।
विभिन्नपाँचविधामाहुनलागेको प्रतियोगितामानेपालबाट वर्षा बस्नेत, अमनकुमार चौधरी, अमरज्योती रञ्जित र आशिषभारतीले चुनौती पेश गर्नेछन् । सितारामन्यौपाने म्यानेजरको रुपमा नेपालीटिममा सहभागीछन् । च्याम्पियनसिपमाकार्टिङ स्प्रिन्ट, र्याली, इ स्पोर्ट्स, कार्टिङ स्लालम र अटो जिमखानागरि ५ विधा समावेश गरिएको छ । नेपालबाटकार्टिङ स्लालमकपमाबर्षा बस्नेत र अमनकुमार चौधरीतथाअटोजिमखानामा अमरज्योती रञ्जित र आशिषभारतीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा १८ देशका १ सय ७० खेलाडीले प्रतिस्पर्धाका लागिनामदर्ता गराएकाछन् ।
पहिलो पटकओलम्पिकढाचामा सञ्चालनहुनलागेको एसियाली स्तरको प्रतियोगितामा नेपालबाट सहभागी वर्षा बस्नेत अटो जिमखाना नेपाल २०२३ कीसहभागिहुन् भने सन् २०२३ को पावर टू पावर स्टेरिङमापहिलो भएरच्याम्पियनसिपमाजानलागेकीहुन् । अमन, अमरज्योती र आशिषले राष्ट्रियतथाअन्तराष्ट्रियबाइक रेसिङमाप्राप्त गरेको नतिजा र सफलताका आधारमा एसियाप्यासिफिक च्याम्पियनसिपमा सहभागीताका लागि पठाईएको नेपाल अटोमोबाइल्स एसोसियसन (नासा नेपाल)ले जनाएको छ । यसअघिएफआईए मोटर स्पोर्ट्स गेम्सको रुपमागतवर्षदेखि फ्रान्सबाट सुरु भएकोवल्र्ड च्याम्पिएनसिपपछि यस किसिमकोे प्रतियोगितामोटर स्पोर्टस एसोसियनअफ मेलेसियासँगको सहकार्यमापहिलो पटकएसिया–प्यासिफिकस्तरमाआयोजनाहुनलागेको हो ।करिब १५ वर्ष अघिदेखि नेपालमा सुरुवातभएको मोटर स्पोर्ट्सले पहिलो पटकओलम्पिकढाचामाएसियाली स्तरको प्रतियोगितामा सहभागीताजनाउनलागेको हो ।
सर्ट सर्किटलाई आधार गरेर डिजाईन गरिएको च्याम्पियनसिपमा नेपालले अटो–जिमखानाबाटपदकको आशा गरेको छ । यसअघि अमरज्योती रञ्जितले एसियाप्यासिफिक अटो–जिमखानच्याम्पियनसिपको फाइनल राउण्डसम्मको यात्रा तय गरेका थिए ।प्रतियोगितामा सहभागीहुने दर्ता शुल्क, यातायात, होटल, गियर रग्याजेटगरि करिब १६ लाखरुपैयाँखर्च हुने अनुमान छ । नासा नेपालकाकार्यकारी निर्देशक गोबिन्दभट्टराईले अटो जिमखानामा राम्रो प्रर्दशन र पदकको अपेक्षागरिएको बताए । ‘पुराना रेकर्डका आधारमाअटो जिमखानामापदकआउने अपेक्षा गरेका छौं ।’ भट्टराईले भने, ‘हाम्रो स्तरको मोटर स्पोर्ट्समाबल्लप्रवेश गरेका छौं । ओलम्पिकढाचाको एसियाली स्तरको सबै भन्दाठुलो प्रतियोगितामा खेलाडी सहभागीभएकाछन् ।आगामिदिनमा यस इभेन्टमा नैकेन्द्रितहुने र सहभागीतालाई वृद्धिगर्दै लैजाने लक्ष्य छ ।’संघकाअध्यक्षदशरथ रिसाल, सचिव सन्तोष न्योेपाने, मार्सल कमिसनका सदस्यआशिस रौनियार तथा नेपालमोटरस्पोर्ट क्लबकाअध्यक्षदिपकआचार्य लगायतले हिजो अबेर नेपालीटिमलाई बिदाई गर्नुभएको थियो ।