२०८१ मंसिर ९ , आइतवार

कोदोको रोटी खानुको फाइदै फाइदा

ragi roti

सुनाखरी न्युज /  काठमाडौं ।

अंग्रेजीमा मिलेट भनिने चिनिने कोदो प्रोटिन, भिटामिन, फलाम, क्याल्सियम म्याग्नेसियम, फोस्फोरस र पोटेसियम जस्ता खनिजको प्रमुख स्रोत हो ।हामीले ढिँडोका रुपमा मात्र नभएर रोटी ,विस्कुट अन्य थुप्रै परिकार बनाएर खाइने कोदो स्वास्थ्यको लागी एकदमै लाभदायक छ ।

 

कोदोको रोटी खानुको फाइदाहरु

-कोदो नियमित खानाले क्यान्सर, मुटुरोग र मधुमेहबाट बचाउँछ ।

-कोदो खादाँ पाचन प्रणालीमा सुधार हुनका साथै मांशपेशी र नशासम्बन्धी समस्याहरु हट्नेछ ।

-कोदोले गर्दा ग्यास्ट्रिक अल्सर र कोलोन क्यान्सरको सम्भावनामा समेत कमी आउँछ । यसमा भएको रेसाले कब्जियत, अत्यधिक ग्यासलाई दूर गर्छ ।

-दैनिक बिहान कोदोको रोटी खानाले पूरा दिन ऊर्जावान महसुस हुन्छ । यो रोटीले तपाईंलाई स्वस्थ तथा फूर्तिलो बनाइराख्छ ।

-कोदोको पिठो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा एकदमै धेरै पोषक तत्व पाइन्छन् जो स्वास्थ्यका लागि अत्यावश्यक हुन्छन् ।

-कोदोमा प्रोटिन, क्याल्सियम, फाइबर, काब्र्स र भिटामिन भरपूर मात्रामा पाइन्छ ।

-त्यस्तै यदि तपाईं तौल कम गर्न खोजिरहनुभएको छ भने कोदोको रोटी सेवन गर्न सक्नुहुन्छ । यसले तपाईंलाई लामो समय पेट भरिएको महसुस गराउँछ जसले गर्दा खाइरहने बानी कम हुन्छ ।

-त्यस्तै जो व्यक्तिको हड्डी र जोर्नीमा दुखाईको समस्या हुन्छ त्यस्ता व्यक्तिले कोदोको पिठोबाट बनेको रोटीको सेवन गर्नुपर्दछ । यस पिठोमा क्याल्सियम हुन्छ जसले हड्डीलाई बलियो बनाउँछ ।